बाह्रविसे नगरपालिका

बाह्रविसे सिन्धुपाल्चाेकका तीन र मुलुकका २७६ मध्य एक नगरपालिका हाे ।सिन्धुपाल्चाेकमा मात्रै १२ स्थानिय तह छन् ।पूर्वमा दाेलखा जिल्ला पश्चिममा सिन्धुपाल्चाेककै जुगल गाउँपालिका सँग सीमा जाेडीएकाे यस नगरकाे उत्तरमा भाेटेकाेशी गाउँपालिका र दक्षिणमा त्रिपुरासुन्दरी तथा बलेफी गाउँपालिका पर्दछन् ।
अनेकाै थली थुम्की पहाड र चुचुराहरू रहेकाे याे नगर हिमाली नगरपालिकाकाे मपदण्ड अनुसार नगरपालिका भएकाे हाे ।नेपाल चीन स्थलगत मार्ग जाेडिने अरनिकाे राजमार्ग र दुवै तफ फैलिएकाे वडाहरूकाे फेदिमा रहेकाे भाेटेकाेशी नदी यसकाे प्रकृातिक पहिचान हाे ।तिब्बत नेपालका विभिन्न कालखण्डका सम्वन्धहरू सँग यसकाे अनेकाै एतिहासिकता जाेडिएकाे छ ।
समुन्द्र सतहदेखी ५०० मिटर देखी ४००० मिटर सम्मकाे उचार्इ भएकाे भु-वनाेट रहेकाे यस नगरपालिकाकाे जनसंख्या २६५३५ र क्षेत्रफल ९६.७३ वर्ग कि.मि रहेकाे छ । नगरपालिकाकाे भवन रहेकाे बाह्रविसे बजारकाे रूपमा परिचित छ । भने यस बजारमा पूर्ख्याैलि नेवार जातीकाे बाहुल्यता रहेकाे छ । तर समग्र नगरपालिकाकाे जनसंख्यामा भने तामाङ जातीकाे जनसंख्या अघि देखिन्छ । ब्राम्हणा,क्षेत्री, तामाङ,शेर्पा, गुरूङ लगाएत अनेकाै जातजाती र भाषाभाषिहरू यहाँ रहेका छन् भने थामी समुदाय यस नगरकाे अादिवाशी लाेपाेन्मुख जनजाती अन्तर्गत पर्दछन।